डा. डिजन भट्टराई सरको लोक सेवा तयारी गर्दा अपनाउनु पर्ने टिप्स

0
1472
views

सानैदेखि म सामाजिक, आर्थिक, प्रशासनिक विषयमा अत्यन्तै रुचि राख्थेँ । कुनै पनि विषयवस्तुमा रुचि बढ्दै जाँदा त्यसलाई गम्भीर रूपमा लिने मेरो स्वभाव छ । यो नै मेरो जीवनको सफलताको कडी हो । मैले लोकसेवासम्बन्धी किताब एकपटक पढेका भरमा अधिकृतमा नाम निकालेको थिएँ । अधिकृतमा नाम निकाल्नुभन्दा पहिला नेपाली साहित्यमा विद्यावारिधि गर्दै गर्दा नेपाल चलचित्र विकास बोर्डमा जागिर गर्थेँ । पढाइसँगै जागिर गर्दा ०६७ सालमा एकपटक पढेकै भरमा निजामती अधिकृतमा नाम निस्कियो । यसरी एकैपटक नाम निकाल्नुमा मेरो शैक्षिक ब्याकग्राउन्डको मुख्य भूमिका छ । त्यसैगरी, निरन्तर अध्ययन गर्ने बानीले पनि लोकसेवाको परीक्षा फेस गर्न सजिलो भएको हो । अधिकृतमा नाम निकाल्नुभन्दा पहिला नेपाली, समाजशास्त्र र राजनीतिशास्त्र तीनवटा विषयमा स्नातकोत्तर तह पास गरिसकेको थिएँ । अधिकृतमा नाम निकालेको पाँच वर्ष पुग्नेबित्तिकै ०७१ सालमा उपसचिवको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल भएँ ।

एकपटक पढेको विषयलाई ‘रिथिंक’ गर्ने बानी भएकाले सफलता चुलिँदै गएको हो । जीवनमा असफल हुँदा आफूलाई अरूसँग तुलना गर्नु अत्यन्तै घातक हो । मैले सफल हुँदा कसैसँग तुलना गरेको छैन् । यसरी तुलना गर्दा सफल हुन पनि गाह्रो हुन्छ । सफल हुन आ–आफ्नै तरिकाले अगाडि बढ्नुपर्छ । सबैको सफल जीवनमा एउटै सूत्र लागू हुन्छ भन्ने हुँदैन । निजामती सेवामा अधिकृत तह वा अन्य क्षेत्रमा अधिकृतसरह पाँच वर्ष काम गरेको व्यक्तिले उपसचिव परीक्षामा सहभागी हुन पाउँछन् । उपसचिव तहको आफ्नै पाठ्यक्रम हुने भएकाले सोहीअनुसार पढ्ने गर्नुपर्छ ।

 

लोक सेवाको तयारी गरिरहनु भएका भाईबैनीहरुलाई केही टिप्स

-लोकसेवाको परीक्षा दिने विद्यार्थीले निरन्तर अध्ययन गर्ने बानी बसाल्नुपर्छ ।
– परीक्षा नभएको समयमा पनि साहित्य, राजनीतिसम्बन्धी पुस्तक पढेर भए पनि बानी बसाल्नुपर्छ ।
– विद्यार्थीले आर्थिक, सामान्य प्रशासन, विकाससम्बन्धी विषयमा पढ्ने बानी बसाल्नुपर्छ । यस्ता खालका  विषय पुस्तक, सञ्चारमाध्यमका रेडियो, टेलिभिजन, पत्रपत्रिकामा मार्क गर्नुपर्छ ।
– आफूलाई आवश्यक हुने विषयवस्तुका विषयमा टिपोट गर्न सानो डायरी राख्ने बानी हुनुपर्छ ।
– आफैँ समयतालिका बनाई पढ्ने गर्नुपर्छ । समयको व्यवस्थापन घरमा तयारी गर्दा र परीक्षा दिने हलमा राम्रोसँग गर्नुपर्छ ।
– प्रश्न हल गर्दा आफूले जानेको विषयमा भन्दा प्रश्नले खोजेको उत्तरमा केन्द्रित भई लेख्ने बानी बसाल्नुपर्छ ।
– अहिले ज्ञान लिन धेरै स्रोतहरू छन् । आफूलाई अनुकूल हुने गरी वेबसाइड, पत्रपत्रिका, पुस्तक जुनसुकै क्षेत्रबाट समेत लिन सकिन्छ । तर, पाठ्यक्रममा बढी केन्द्रित भई पढ्ने बानी बसाल्नुपर्छ ।

 

साभारः नयाँ पत्रिका
– See more at: http://www.enayapatrika.com/2016/06/68613#sthash.MuCpJSPg.58L00y1f.dpuf

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.