सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict)

6
722
views

सामाजिक विवाद र द्वन्द्व (Social Dispute & Conflict)

विवाद:समाजमा रहेका व्यक्ति, समुदाय, वर्ग, का विचको फरक मत विचार, अन्तर्क्रिया, छलमल, असन्तुष्टिलाई विवाद भनिन्छ । विवादले द्वन्द्वको सिर्जना गर्छ । विवादको विकसित रुप नै द्वन्द्व हो । यो निश्चित समयका लागि रहने (छोटो) असहमति हो ।Short Term Phenomena हो । यो conflict को एक भाग मात्र हो ।
द्वन्द्व :-समाजमा Power, Authority, Resources & Opportunity (PARO) को प्रयोग र वितरणमा सबैको  समान पहुँच नभएको अवस्थामा उत्पन्न हुने मनमुटाव, असन्तुष्ति, झगडा, विवाद र विचारको बेमेललाई नै द्वन्द्व भनिन्छ । तापाइ अहिले सुबोधघिमिरे डट कम डट एनपी मा हुनुहन्छ। द्वन्द्व लामो अवधिसम्म रहने असहमति र विवाद हो । Long Term Phenomena हो । योUmbrella Term हो । Disagreement, Dispute, depute पर्दछन् ।

सामाजिक विवाद र द्वन्द्वका कारणहरु (Causes of Social Dispute and conflict)

  • वर्ग विभेद
  • असमान-वितरण
  • भाषिक तथा धार्मिक विभेद
  • सामाजिक हिंसा (दलित, बोक्सी, छाउपडी व्यवस्था)
  • संगठनात्मक कारण (विवाद समाधान गर्ने क्षमता, योजना, कार्यक्रम अभाव)
  • अशिक्षा/नागरिक शिक्षाको अभाव
  • विश्वव्यापीकरण निजीकरण
  • सूचना प्रविधिको तिब्र विकास

द्वन्द्वका दृष्टिकोणहरु

  1. नकारात्मक दृष्टिकोण :- यो मान्यता सन् 1930 सम्म रह्यो । यो मन्यता द्वन्द्व सिर्जना गरिनु हुन्न, यसले जनधनको क्षति पुर्याउछ । जसले गर्दा समाजमा हिंसा सिर्जना भई समाज पतन हुने खतरा रहन्छ तसर्थ यसको नियन्त्रण गर्नु वा यसलाई दबाउनु नै सर्बोत्तम हुन्छ भन्ने मान्यता यस दृष्टिकोणले राख्दछ ।
  2. सकारात्मक दृष्टिकोण :- यस दृष्टिकोणले द्वन्द्वलाई स्वभाविक र समाजको परिवर्तको अपरिहार्यता ठान्दछ । द्वन्द्वलाई स्वभाविक रुपमा लिई यसलाई सहि तरिकाले समाधान गरियो भने द्वन्द्व विकास हुन सक्दछ तसर्थ यसलाई दमन र नियन्त्रण गर्नुभन्दा यसको समाधान खोजिनुपर्छ भन्ने मान्यता यसको हो । यो मान्यताले सन् 1970 सम्म मान्यता पायो ।
  3. अर्न्तक्रियात्मक दृष्टिकोण :- सन् 1970 को दशकपछि मान्यता पाएको यो दृष्टिकोणले द्वन्द्वलाई एक हदसम्म प्रोत्साहित गर्नुपर्छ, ; समाज गतिशिल भएकोले समाजमा राखिने फरकमत र दृष्टिकोणलाई समर्थन गर्नाले नयाँ शैली र प्रविधिको प्रयोग हुन पाउछ जसले गर्दा समाजमा कोही कसैको एकाधिकार रहन पाउदैन र सिर्जनर्यशिलता र नविनतम् प्रविधिको विकास निरन्तर भइरहन्छ । तापाइ अहिले सुबोधघिमिरे डट कम डट एनपी मा हुनुहन्छ। तसर्थ केही परिवर्तन र नविनतम्को लागि द्वन्द्वलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हो तर द्वन्द्वले विकराल रुप नल्यावस भन्नका लागि सजक हुनुपर्छ । 

द्वन्द्वका नकारात्मक पक्ष

  • सामाजिक सद्भाव विग्रने
  • हिंसा बढ्ने
  • सामाजिक विकासको कार्यमा बाधा पुग्ने
  • शान्ति सुरक्षामा चुनौती
  • जनधनको क्षती भई आर्थिक विकासमा असर
  • अन्तराष्ट्रिय छवि विग्रने
  • पर्यटन व्यापार विकासमा अवरोध
  • बसाइसराई
  • सामाजिक कुरिती र समस्या बढ्ने
  • देशलाई आर्थिक भार/ शैनिक  खर्च बढ्ने
  • बाह्य हस्तक्षेप

द्वन्द्वका सकारात्मक पक्ष

  • द्वन्द्वले समस्याको पहिचान र समाजको उपाय खोज्दछ ।
  • पिछडिएको वर्ग, समुदायको आवाजको प्रतिनिधित्व हुन्छ ।
  • द्वन्द्वको समाधान गरिएमा द्वन्द विकास हुनसक्छ ।
  • द्वन्द्वले समाजलाई गतिशिलता र परिवर्तनशिल बनाउछ ।
  • नयाँ सोच र चिन्तनको विकास गराउछ ।
  • समाजमा नेतृत्वको बिकास गराउछ  ।
  • नयाँ अवसरको सिर्जना गर्दछ ।

सामाजिक विवाद तथा द्वन्द्व व्यवस्थापन गर्ने तरिका

शान्तिपूर्वक द्वन्द्वको व्यवस्थापन

  • मेलमिलाप
  • बार्ता
  • मध्यस्थता
  • न्यायिक निर्णय
  • सामाजिक अन्तर्क्रिया
  • लेनदेन, सम्झौता
  • पञ्चनिर्णय

बलपूर्वक द्वन्द्वको व्यवस्थापन

  • बदला
  • प्रतिघात
  • शान्तिपूर्ण नकाबन्दी
  • प्रतिबन्ध
  • हस्तक्षेप

सामाजिक विवाद  तथा द्वन्द्व व्यवस्थापनमा संलग्न पात्रहरु (Agents)

  • सामाजिक अगुवा/ नागरिक समाज
  • राजनैतिक नेतृत्व
  • धार्मिक तथा जातिय समुदाय
  • नीजि क्षेत्र
  • अन्तराष्ट्रिय समुदाय/ दातृ निकाय
  • विभिन्न मध्यस्तकर्ता

नेपालमा द्वन्द्व व्यवस्थापनका लागि भएका प्रयासहरु

२०५२ सालदेखी मुलुकमा चलेको सशस्त्र युद्ध १० वर्षसम्म कायम रह्यो । यस अविधिमा हजारौ नेपाली जनताको मृत्यु एवम् भौतिक पूर्वाधारको  क्षति भयो । देशको आर्थिक विकास ठप्प रह्यो । २०६३ को शान्ति सम्झौतापछि मुलुकमा एक किसिमको शान्ति छायो । शसस्त्र द्वन्द्वका लडाकुहरुलाई हतियार व्यवस्थापनका साथ सेनामा समायोजन गरी एक किसिमको द्वन्द्व अन्त भएको देखिन्छ ।

तर अझै पनि गठित संविधानसभा २०६४ हाल गठित राज्य पुनसंरचना, शासकीय स्वरुप कस्तो रहने भन्ने कुरा विवादित नै छ । यस विवाद र द्वन्द्वले २०६४ सालमा गठित संविधान सभा विगठित भयो । तापाइ अहिले सुबोधघिमिरे डट कम डट एनपी मा हुनुहन्छ। हाल फेरी संविधानसभाको निवाचन घोषणा भएको छ र ति समस्याको समाधान अझै गर्न बाँकी छ भने द्वन्द्वकालको समस्य समाधान गर्न पनि सरकारले विभिन्न कार्यक्रम र नीति ल्याएको देखिन्छ ।

  • विपद् व्यवस्थापनका लागि ७५ वटै जिल्लामा विपद् पूर्वतयारी कार्यक्रम संचालित छन् ।
  • द्वन्द्वकालमा ध्वस्त भएका भौतिक संरचना पूर्न निर्माण गर्ने कार्य भइरहेको छ ।
  • द्वन्द्व पिडित तथा सहिद परिवारलाई राहत प्रदान कार्य भएको ।
  • द्वन्द्वका कारण स्थानान्तरण/ विस्थापित भएकाहरुलाई पुनस्थापन गर्ने कार्य भएको छ ।
  • शिवरमा रहेका लडाकुको हतियार व्यवस्थापन तथा उनीहरुलाई स्वच्छिक अवकास तथा समायोजनको कार्य सम्पन्न भएको छ ।
  • शान्ति स्थापना, सशस्त्र द्वन्द्व गरिरहेका विभिन्न गुट एवम् समूहहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि बार्ता गर्ने, उनीहरुको न्यायोचित मागलाई सम्बोधन गर्ने कार्य शान्ति तथा पुनर्निर्माण मन्त्रालय तथा विभिन्न अगुवाहरुले गरिरहेको छ ।

द्वन्द्व व्यवस्थापनमा प्रशासनको  भूमिका

   समाजबाट सिर्जित द्वन्द्वबाट प्रशासन पनि अछुतो रहन सक्दैन । प्रशासन त्यो संयन्त्र हो जसले राज्यका नीति र कार्यक्रमलाई जनतासम्म पुर्याई जनताको जीवनस्तर उकास्ने गर्दछ । तसर्थ यसले गर्ने कार्यले पनि ठुलो भूमिका खेल्दछ ।

  • सार्वजनिक सेवाहरु विनाभेदभाव, निष्पक्ष र प्रभावकारी ढंगले प्रवाह गर्ने ।
  • विकास निर्माणका कार्य गर्दा जनसहभागितामूलक विकासमा जोड दिने ।
  • स्थानीय स्रोत साधनको परिचालनमा विशेष ध्यान दिने ।
  • स्थानीयस्तरमा सिर्जना भएका विवादहरु समाधान गर्न सम्बन्धित पक्षसँग छलफल /बार्ता गर्ने
  • द्वन्द्व सम्बन्धि सही सूचना तथा जानकारी समयमै उपलब्ध गराउने ।

 

स्रोत : अध्यनको क्रममा संकलन गरिएका विभिन्न लेखकहरुको किताब ।

http://deloplen.com/afu.php?zoneid=2671498
SHARE

6 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.