सामाजिक एवम् सांस्कृतिक रुपान्तरण(Social and Cultural Transformation)

4
357
views

  समाज: व्यक्तिहरुको समूह जहाँ ति व्यक्तिहरु विच आपसी सम्बन्ध र अन्तर्क्रिया हुने गर्दछ । अन्तर्क्रियाको आधारमा बनेको अमुर्त संरचना नै समाज हो ।

संस्कृति : पिता पुर्खा वा परम्परादेखि चलिआएको रहनसहन, विचार, आचरण, सभ्यता, ज्ञान जस्ता कुराहरुको सामूहिक योग नै संस्कृति हो । संस्कृति मानवीय व्यवहारलाईregulate गर्ने माध्यम हो ।

रुपान्तरण : उद्योगको विकास, व्यापारमा विस्तार, सांस्कृतिक (सुबोधघिमिरे डट कम डट एनपी) आदानप्रदान, राजनैतिक विकास, संचारप्रविधिमा आएको परिवर्तन आधुनिकीकरण, विश्वव्यापिकरणमा आएको परिवर्तन नै रुपान्तरण हो । भौतिक बस्तु र सामाजिक सम्बन्धको वीचमा परस्पर फरकपन नै रुपान्तरण हो ।

सामाजिक रुपान्तर : सामाजिक व्यवहार, चालचलन, मुल्यमान्यता तथा सामाजिक मान्यतामा आएको फेरबदल नै सामाजिक रुपान्तरण हो ।अर्को अर्थमा सामाजिक संरचना, सामाजिक मान्यता, सामाजिक सम्बन्ध र सामाजिक संगठनको रुपमा आउने परिवर्तनलाई सामाजिक रुपान्तरण भनिन्छ ।

सामाजिक रुपान्तरणका विशेषताहरु

  • Universal
  • Continuous process
  • No Limitation/boundary
  • Dynamic process
  • समाजिक रुपान्तरणको गति एकनास हुदैन
  • Can’t forecast

नेपाली परिवेशमा मध्यपश्चिममा घुमन्ते जीवन विताइरहेका राउटेहरुको लवाइखवाइमा आएको परिवर्तनलाई सामाजिक रुपान्तरणको उदाहरणको रुपमा लिन सकिन्छ ।

सांस्कृतिक रुपान्तरण

      समाजमा रहेका मूल्यमान्यता, रहनसहन, भेषभुषा, रीतिरिवाज जस्ता कुराहरुको हस्तान्तरणको क्रममा त्यसको परम्परागत ढाँचामा आएको परिवर्तन नै साँस्कृतिक रुपान्तरण हो । तपाइ अहिले सुबोधघिमिरे डट कम डट एनपी मा हुनु हुन्छ । संस्कृतिको विकास, प्रसार, रुपान्तरण, नै साँस्कृतिक रुपान्तरणको कारक हो ।

सामाजिक तथा सांस्कृतिक रुपान्तरणका क्षेत्रहरु

केही समयमा जनाकारी गराउने छू  ।

सामाजिक तथा सांस्कृतिक रुपान्तरणका कारणहरु

  • शिक्षा र चेतनामा बृद्धि
  • योजनाबद्ध प्रयास/ विकास
  • प्रजातन्त्र र लोकतन्त्र
  • जनसंख्यामा परिवर्तन
  • सूचना तथा संचारमा आएको परिवर्तन
  • आधुनिकरण र विश्वव्यापिकरण
  • यातायात र पूर्वाधारको विकास
  • आन्दोलन संघर्ष
  • औद्योगिकरण

नेपालमा सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि भएका नीतिगत व्यवस्था

  • छुवाछुतलाई संबैधानिक रुपमा नै अन्त्य गरी त्यसलाई दण्डनीय मानेको
  • मौलिक हकको व्यवस्था
  • नेपाललाई बहुजातिय, बहुभाषिक,………… राष्ट्र भनेको
  • राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरुमा व्याख्या
  • धर्म निरपेक्षता, हलिया मुक्तिको घोषणा (२०६५ भाद्र २१), कमैया मुक्तिको घोषणा (२०५७ श्रावण २), बिर्ता उन्मुलन (२०१६ सालमा)
  • महिला अधिकारको व्यवस्था २००४, २००७, २०१५, २०१९, २०४७, २०६३ सालको संविधान निर्माण
  • समावेशीकरणको सिद्धान्त अवलम्बन
  • राज्य पुनर्संरचनाको सवालमा पहिचान सहितको अधिकारको संघियताको बहस
  • बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र घोषणा
  • आरक्षणको व्यवस्था
  • दुर्गम क्षेत्रका महिला तथा बालबालिको लागि विशेष छत्रवृति कार्यक्रम
  • महिला विकास कार्यक्रम
  • विभिन्न भाषा, साँस्कृतिको संरक्षणको लागि संग्राहलय, चाडपर्व विदा तथा संस्थागत विकास
  • द्वन्द्व पिडित, राउटे, कमैया, वादी समुदायको उत्थानको लागि लक्षित गरे । विभिन्न सामाजिक विकास कार्यक्रम ।
  • मूलुकी ऐन घोषणा, दास प्रथा, सतिप्रथा अन्त्य, भूमी सुधार ऐन २०२१, सामाजिक व्यवहार सुधार ऐन, २०३३ लागू ।

समस्याहरु

  • सामाजिक मूल्य मान्यता र धार्मिक विकास
  • सामाजिक चेतनाको कमी/ ठुलो मात्रमा निरक्षर
  • लैङ्गिक, जातिय तथा वर्गिय विभेद
  • फितलो प्रशासनिक/ संस्थागत संयन्त्र
  • उपयुक्त नीतिको अभाव
  • विद्यालयस्तरको पाठ्यक्रममा यस्ता विषयलाई समेट्न नसक्नु ।
  • राज्यका तर्फबाट संचालित कार्यक्रम प्रभावकारी नहुनु
  • आर्थिक समस्या
  • नेपालको भौगोलिक बनौटमा रहेको विविधता
  • व्यक्तिगत स्वार्थ र हस्तक्षेपका आधारमा ऐन नियम परिवर्तन
SHARE

4 COMMENTS

  1. धन्यबाद । यस्ता खालका महत्वपूर्ण प्रश्नोत्तरहरु राख्दै गएमा म जस्ता लोक सेवा दिने व्यक्तिहरुलाइ धेरै म फाइदा रहने छ । साथै यस्ता प्रश्नोत्तरहरु कपि हुने खालमा राखिदिनु भएमा हामी आभारी हुने थियौ ।

  2. अति नै राम्रो, यस ढाँचामा आधारित अरु लेख हरुको पर्खाईमा छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.