हामी मध्ये धेरैलाई थाहा नभएका त्यस्ता शब्दहरु जसले त्यो बस्तुको सानो रुपलाई जनाउछ । हामीले दैनिक जीवनमा प्रयोग गरिरहेका यस्ता शब्दहरुको बारेमा त हामी अभ्यस्त नै भई सकेका छौ र हामीलाई त्यस्ता शब्दहरुको सानो रुप पनि आउँछ । तर धेरै साथीहरुलई ती पदार्थको सानो रुपको बारेमा जानकारी नहुन सक्दछ । त्यसैले यहा केही पदर्थहरु र तिनको सानो बताउने शब्दहरुलाई प्रस्तुत गरिएको छ ।
बस्तु सानो परिमाण
- अचार पित्को
- बारी सुर्को
- पिडालु सेला
- निगालो चोया
- धान बाला
- डोरी पोयो
- घाम झुल्को
- खेत गरो
- काठ फग्लेटो
- कलम डोब
- पानी थोपो
- तोरी गेडो
- आँखा नानी
- अनार दाना
- साग त्यान्द्रो
- रोटी टुक्को
- ऐसेलु टोप्रो
- काक्रा चिरो
- केरा कोसो
- खोर्सानी ढिडी
- घिउ चुस्को
- धागो फुर्को
- धुलो कण
- नुन ढिको
- फर्सी कैडो
- फूल थुंगो
- मकै गेडो
- मिश्री टुक्रो
- रुखको पोथ्रा
- दुध सिर्को
- भात सितो
- मासु चौटा
- मुला चाना
- लसुन पोटी
- सुन्तला केस्रो
- दाउरा छेस्को