लोक सेवा आयोग
नेपाल विविध सेवा, राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधि)
शाखा अधिकृत वा सोसरह पदको प्रतियोगितात्मक लिखित परिक्षा २०७२
समय: ३ घण्टा पुर्णाङ्क: १००
पत्र: द्वितीय
विषय: शासन प्रणाली
निम्न प्रश्नहरुको उत्तर Section अनुसार छुटाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ, अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।
Section -A
१. संयुक्त राष्ट्र संघका उद्देश्य र सिद्धान्तहरू उल्लेख गर्नुहोस् । संयुक्त राष्ट्र संघले आफ्नो उद्देश्य कत्तिको हासिल गरेको ठान्नुहुन्छ? चर्चा गर्नुहोस् । ५+५
२. नेपालले शुरु गरेको संघीय शासन प्रणालीलाई प्रभावकारी तुल्याउन विद्यमान प्रशासनिक संरचनामा के कस्ता सुधारहरू गर्नु उपर्युक्त होला? तर्क प्रस्तुत गर्नुहोस् । १०
३. के शासन र सरकार भनेको एउटै कुरा हो ? उपर्युक्त उदाहरण दिँदै उत्तर दिनुहोस् । १०
Section –B
४. लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्बर्द्धन र प्रवर्द्धन गर्ने सिलसिलामा विद्यमान नेपालको संविधानले अवलम्बन गरेका सिद्धान्तहरु बारेमा प्रकाश पार्नुहोस् । ५+५
५. छोटकरीमा लेख्नुहोस् । ५+ ५
- सकारात्मक विभेद
- समानुपातिक प्रतिनिधित्व
Section – C
६. पारदर्शिता तथा उत्तरदायित्व सार्वजनिक सेवा प्रवाहका दुई मुख्य आधार स्तम्भहरू हुन् । यो भनाइलाई पुष्टि गर्नुहोस् । १०
७. नेपालको सार्वजनिक कोष प्रशासनको सदाचार र नैतिकतामा ह्रास आउनुका प्रमुख कारणहरुको उल्लेख गर्दै निवारणका तरिकाको चर्चा गर्नुहोस् । १०
८. छोटकरीमा टिप्पणी गर्नुहोस् । ५+५
- कर्मचारीतन्त्रका विशेषता
- विद्युतीय शासन
Section – D
९. मानव स्रोत व्यवस्थापनका विभिन्न आयामबारे वर्णन गर्नुहोस् । कर्मचारी प्राप्तिका सन्दर्भमा अवलम्बन गर्नुपर्ने चरणहरुको जानकारी दिनुहोस् । ५+५
१०. योजना निर्माण कार्यमा के कस्ता क्रियाकलापहरु समावेश हुन्छन् ? वर्णन गर्नुहोस् ।
—– Best of Luck —-–