के हो समानुपातिक प्रतिधिनित्व ? यसका सवल र दर्बल पक्ष ।

4
223
views

राज्य प्रणालीका सबै अंगमा विभिन्न जातजाती, वर्ग, समुदायलाई संख्याका आधारमा सहभागी गराउने कार्यलाई समानुपातिक प्रतिनिधित्व भनिन्छ। यसले राज्य संचालनको कार्यमा आफ्नो हैसियतअनुसार सबैलाई सहभागी गराउन मद्दत गर्दछ । यो समावेशीकरणको एक तरिका पनि हो । यो बढी मात्रामा राजनीतिमा प्रचलित(सुबोधघिमिरे डट कम डट एनपी) भए पनि प्रशासनिक, आर्थिक, समाजिक लगायतका अरु क्षेत्रमा पनि लागू गर्न सकिने विषय हो ।यसले समावेशी लोकतन्त्रको मान्यता राख्दछ । निर्वाचनमा बहुमत ल्याउने मात्र नभई धेरै मत ल्याउनेको पनि उचित प्रतिनिधित्व हुनेहुँदा यसमा बहुमतको तानाशाही नहुने सम्भावना रहन्छ । यसले सुशासनको अवधारणालाई थप बलिलयो बनाउन समेत सहयोग गर्दछ ।

सवल पक्षहरु

  1. राज्य संयन्त्रमा सबैबो प्रतिनिधत्व हुने
  2. विविधतायुक्त समाजमा सउपयुक्त हुने
  3. अल्पसंख्यकको प्रतिनिधित्व हुने
  4. साना दलको प्रतिनिधित्व हुने
  5. मत खेर नजाने
  6. बहुमत निरङ्कुश हुने सम्भावना कम हुने

दुर्बल पक्ष

  1. सबैको सहभागिताले निर्णयमा अवरोध हुनसक्ने
  2. एक दलले बहुमत ल्याउन कठिन हुने गठबन्धनमा सरकार अस्थिर हुनसक्ने
  3. जातीय एवम् साप्रदायिक भावनाले बढी महत्व पाउन सक्ने
  4. जातीय एवम् साम्प्रदायिक भावनाले बढी महत्व पाउन सक्ने
  5. मतदाताले प्रतिनिधि प्रत्यक्ष छनौट गर्न नपाउने
  6. प्रक्रिया जटिल, सर्वसाधारणलाई बुझाउन कठिन

२०७१ पुस ३० को गोरखापत्र दैनिकबाट साभार

SHARE

4 COMMENTS

    • Dear Bhuwan Ji, Please Subscribe this site from “सबै सामग्री e-mail मा प्राप्त गर्नुहोस्” Located at right panel of the site. And do not forget to verify your email after subscription.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.