श्रेणी क्रम (Ranking Order) को हिसाब गर्ने तरिका

0
240
views

Ranking Orger को हिसाब गर्दा निम्न कुरामा ध्यान दिएका IQ मा सोधिने प्रश्नहरुको समाधान गर्न निकै सजिलो हुन्छ ।

  1. Ranking Order को हिसाब गर्दा रहेको स्थान महत्वपूर्ण हुन्छ । त्यसैले यस्तो प्रश्नको हल गर्दा स‌ंख्या रेखा( Number Line) मा राखेर गर्दा निकै सरल हुन्छ ।
  2. Number Line मा हिसाब गर्दा  सानो सरल रेखा तान्ने र प्रश्नमा दिए अनुसारको व्यक्तिहरुलाई रेखामा प्रश्नले भने अनुसार अगाडी, पछाडी यतिऔ स्थान जस्ता कुरालाई Post गर्दै जानु पर्छ जसले समस्या समाधानमा सहयोग गर्दछ ।
  3. यस्तो प्रश्नको हिसाब equation बाट पनि समाधान गर्न सकिन्छ । समिकरण बनाएर हल गर्दा निम्नानुसार हुन्छ ।

    जम्मा संख्या (T) = शुरुबाटको क्रम (L) + अन्तिम क्रम (R) -1

    Note: – दिएको मानिस वा बस्तु दुबैतिरबाट Count हुने हुँदा दोहोरिन्छ त्यसैले -1 गर्नु पर्छ ।

  4. A र B यति औ स्थानमा छन् र  स्थान साटफेर गरे भने कति A कतिऔ स्थानमा पुग्यो  भन्ने जस्तो प्रश्नको हल गर्दा Number line बनाई हल गर्दा सरल हुन्छ । जस्तै : राम अगाडिबाट 12 औ स्थानमा हरी पछाडीबाट 5 औ स्थानमा छ । अब राम र हरीले एक अर्काको स्थान बदले हाल हरी पछाडीबाट 20 स्थानमा भए लाइनमा जम्मा बिद्यार्थी कति छन् ।
    T=L+R -1
    T=12+20-1  =31
    order
SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.