विश्वकै सबैभन्दा बढी उमेरका किमुराको निधन

0
49
views

kumuraविश्वकै सबैभन्दा वृद्ध (बढी उमेरका) व्यक्ति जापानका जिरोमोन किमुराको २०६९ साल जेष्ठ २९ गते बुधवार निधन भएको छ । जापानको क्योटो सहर निवासी किमुराको १ सय १६ वर्षको उमेरमा बुधबार निधन भएको हो । उनलाई विश्वको सबैभन्दा बढी उमेरका व्यक्तिका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले मान्यता दिइएको थियो । क्योटोको कियोताङ्गो सहरद्वारा बुधबार प्रकाशन गरिएको विज्ञप्तिमा उनको बुधबार विहान सोही सहरको एक स्थानीय अस्पतालमा निधन भएको बताइएको छ । उनको जन्म सन् १८९७ मा सोही सहरमा भएको थियो । यसअघि संयुक्त राज्य अमेरिकाकी एक महिला विश्वकी सबैभन्दा वृद्ध व्यक्तिका रुपमा रहेकी थिइन् । १ सय १५ वर्षीया उनको सन् २०१२ मा निधन भएपछि किुमरालाई गिजिन बुकले बढी उमेरका व्यक्तिको मान्यता दिएको थियो । त्यसअघि फ्रान्सकी जेनी काल्मेट भने १ सय २२ वर्षको उमेरकी थिइन् । उनको सन् १९९७ मा निधन भएको थियो । उनको निधनपछि अमेरिकी महिलालाई रेकर्डको उपाधि दिइएको थियो ।

एएफपीको सहयोगमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.