मिति २०७४ मंसिर १३ गतेको गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नहरु

1
1126
views

शाखा अधिकृतक तथा अन्य विभिन्न सरकारी सेवाको पदहरुको परिक्षाको तयारी गरिरहनु भएका साथीहरुको लागि सहयोग हुने गरी  मिति २०७४ मंसिर १३ गतेको गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नहरु प्रस्तुत गरेको छु ।

 

 

 

 

 

  1. वि. सं. २०७४ मंसिरमा सम्पन्न प्रधान सेनापति पाँचौ अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
    -> एपिएफ क्लब
  2. सन् २०१७ नोभेम्बरमा अन्तराष्ट्रिय सहकारि महासंघ (International Co-Operative Alliance –ICA) को सम्मेलन कहाँ सम्पन्न भयो ?
    -> क्वालालम्पुर (मलेसिया)
  3. इन्टरनेट सेवा प्रदायक एवम् सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (NPNOG) को तीनदिने सम्मेलन कहाँ आयोजना गरिएको छ ?
    -> चितवन ( २०७४ मंसिर २३२५)
  4. नेपाल चलचित्र समीक्षक समाजद्धारा आयोजित क्रिटिक्स अवार्ड समारोहमा २०७३ सालको उत्कृष्ट चलचित्रको अवार्ड कुन चलचित्रले जित्यो ?
    -> कालो पोथी
  5. अन्तराष्ट्रिय मुद्राकोषद्धारा सार्वजनिक प्रतिवेदन अनुसार प्रतिव्यक्ति जीडीपीका आधारमा विश्वकै धनी राष्ट्र कुन हो ?
    ->कतार (कतारको प्रतिव्यक्ती आय: १ लाख २४ हजार ९ सय ३० डलर)
    -> नेपाल १९३औ (प्रतिव्यक्ती आय २६९०)
  6. जिम्बाबेमा नयाँ राष्ट्रपतिका रुपमाको चयन भएका छन्?
    -> एमरसन मनाङ्‍ग्याग्वा (२०१७।११।२४ मा सपथ)
  7. नेपालका लागि एडीवीका नयाँ निर्देशकमा को नियुक्त भएका छन् ?
    -> मुख्तार खामुदखानोभ
  8. नेपाल चलतित्र कलाकार संघ राष्ट्रिय पुरस्कार २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
    -> मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
  9. २९ औ अन्तर्राष्ट्रिय मैथली सम्मेलन कहाँ सम्पन्न भयो ?
    > जनकपुरधाम (२०७४ मंसिर)
  10. सन् २०१७ नोभेम्बर २७ मा अमेरिकाको लसभेगासमा सम्पन्न ६६औ मिस युनिभर्स प्रतियोगिताको उपाधि जित्‍ने सुन्दरी को हुन् ?
    > दिक्षिण अफ्रिकाकी सुन्दरी डेमी लेच नेल पिटर्स
  11. वि.सं. २०७४ मंसिर ८ को मन्त्रिपरिषद् बैठकले १२ सय मेगावट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलबिद्युत् आयोजना निर्माण सम्बन्धनमा के निर्णय गरेको छ?
    -> स्वदेशी पुँजी र प्रविधिको प्रयोग गरी निर्माण गर्ने
  12. सार्वजनिक स्थलमा धुम्रपान प्रतिवन्ध गर्ने विश्वको पहिलो मुलुक कुन हो?
    -> भुटान (२२ फेब्रुअरी २००५)
  13. नेपाल वाटर लु भनेर कुन पर्व/घटनालाई चिनिन्छ?
    ->अलौ पर्व
  14. प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ?
    ->पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली
  15. नेपाको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ?
    -> एक
  16. गायक तथा संगितकार खुसीराम पाख्रिनको निधन कहिले भएको हो ?
    -> २०७४ मंसिर ५
  17. तिमी जेसुकै भए पनि एउटा असल मानिस बन भन्ने विचारक को हुन्?
    -> अब्राहम लिङ्कन
  18. यस वर्ष २०७४ को भैरव अर्याल स्मृति पुरस्कार कसलाई प्रदान गरियो?
    -> धुर्मुससुन्तली फाउन्डेसन
  19. विश्व इतिहासमा शान्तिपूर्ण बौद्धिक आन्दोलन अनुसन्धानात्मक आन्दोलन एवम् धर्म निरपेक्ष आन्दोलनका रुपमा सुरु भएको थियो?
    -> इटाली
  20. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ?
    -> सुवानन्द दास
  21. वि.सं. २०७४ मा मनाइएको तेस्रो चुरे संरक्षण दिवसको नारा के रहेको छ?
    -> चुरेको माटो चुरेलाई सफा पानी सबैलाई
  22. चुरे-तराई-मधेस संरक्षण तथा व्यवस्थापन सम्बन्धी २० वर्षे गुरुयोजना कहिले परित भएको हो ?
    -> २०७४ जेठ ४
  23. युरोपेली संघ दिवस कहिले मनाइन्छ ?
    -> मे ९
  24. सात पहाडको सहर भनी कुन सहरलाई चिनिन्छ?
    -> इटालीको रोम
  25. टिमको सबैभन्दा लोकप्रिय र सिपालु खेलाडीलाई के भनी चिनिन्छ?
    -> मर्की खेलाडी
  26. सन् २०१७ नोभेम्बरमा मलेसियामा सम्पन्न यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता राष्ट्र कुन हो ?
    -> अफगानिस्तान उपविजेता: पाकिस्तान
  27. नेपाल दुरसञ्चार प्राधिकरण अनुसार विसं २०७४ भदौ महिनासम्म नेपालमा इन्टरनेट प्रयोग गर्ने जनसंख्या कति रहेको छ?
    ->१ करोड ६३ लाख १६ हजार (६१.५८ प्रतिशत)
  28. नेपालमा हाल सन् २०१६मा सबैभन्दा बढी पर्यटक कुन उद्देश्यका लागि आउने गरेका छन्?
    -> बिदा/मनोरञ्जन
  29. उपरदाङगढी कुन जिल्लामा पर्छ?
    -> चितवन
  30. सबैभन्दा बढी उमेरमा नोबल पुरस्कार पाउने व्यक्ति को हुन?
    -> लियोनिङ हरिविक्ज (सन् २००७ अर्थशास्त्र)
    -> सबभन्दा कम उमेरमा पाउने मलाला युसुफ जाइ सन् २०१४
SHARE

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.