नोवेल पुरस्कार २०१४ का विजेताहरु

0
61
views

               प्रत्येक वर्ष अन्तराष्ट्रिय रुपमा नोबेल शान्ती पुरस्कार प्रदान गरिन्छ ।प्रत्येक वर्ष महत्वपुर्ण रुपमा ख्याती प्राप्त गर्ने व्यक्तिहरुले यो पुरस्कार पाउने गर्छन् । सन् १९०१ देखि नोबेल पुरस्कार प्रदान गर्न थालिएको हो । नोबेल शान्ती पुरस्कार प्रत्येक वर्ष विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा (सुबोधघिमिरे डट कम डट एनपी)महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ती कायम गर्न विशेष योगदान पुर्याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने गरिन्छ ।

कसरी स्थापना भयो नोबेल शान्ती पुरस्कार ?

              नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक एवं विस्फोटक पदार्थ ‘डाइनेमाइट’का आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । सन् १८३३ मा जन्मेका नोबेलले डाइनेमाइटको व्यापारबाट निकै पैसा कमाए र धनी भए । नोबेल अविवाहित थिए । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरेका हुन् ।

१. नोबेल शान्ती पुरस्कार २०१४

          यो वर्ष सन् २०१४ को नोबेल शान्ती पुरस्कार पाकिस्तानकी मलाला यूसुफजई र भारतका कैलाश सत्यार्थीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ ।  १७ वर्षीया किशोरी मलालाका सबैभन्दा कम उमेरमा नोबेल शान्ती पुरुस्कार पाउने व्यक्ति बनेकी छिन् । यसैगरी अर्का नोबेल पुरस्कार विजेता भारतका ६० वर्षीया कैलाश बाल अधिकारका अभियन्ता हुन् ।

२. चिकित्सातर्फको नोवेल पुरस्कार २०१४

             चिकित्सातर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ। ‘ब्रेन जिपिएस सिस्टम’को विकासमा योगदान पुर्‍याउने वेलायती वैज्ञानिक ओ केफेले आधा र मे ब्रिट मोजर तथा एडभार्डले अर्को आधा पाउनेछन्। उनीहरुको रिसर्चजले अल्जाइमर रोगीले किन बिर्सन्छ भन्ने कुरा व्याख्या गर्न सहयोग पुगेको थियो। उनीहरुले विकसित गरेको सिस्टमले मानव मस्तिष्कले आफू कहाँ छ र कसरी अर्को स्थानमा जान्छ भन्ने कुरा पत्ता लगाएका थिए।

३. भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार २०१४

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ३ जना जापानी वैज्ञानिक इसामु आकासाकी, हिरोसी अमानो र सुजी नाकामारालाइृ प्रदान गरिएको छ । उनिहरुले थोरै ऊर्जामा पर्याप्त उज्यालो दिने वातावरण मैत्री लेड चिम विकास गरेका तीन जापानी वैज्ञानिकलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ ।

४. साहित्यतर्फको नोवेल पुरस्कार २०१४

यसपटकको नोवेल साहित्य पुरस्कार फ्रान्सका प्याट्रिक मोडियानोलाई प्रदान गरिएको छ ।

५.रसायनतर्फको नोबेल पुरस्कार २०१४

दुई अमेरिकी तथा एक जर्मन बैज्ञानिक (अमेरिकाका एरिक बेजिग र विलियम मर्नर तथा जर्मनीका स्टिफन हेल) ले यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार पाएका छन् । उनीहरुले ‘नानोस्कोप’को विकास गरेका थिए । यसले जीवित कोषभित्रका अत्यन्त सुक्ष्म कण (मोलेक्युल) को सजिलै अध्ययन गर्छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.