नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त रहेको प्रहरी निरीक्षक, प्रहरी सहायक निरिक्षक र प्रहरी जवान पदहरुमा नयाँ भर्ना खुल्यो । योग्यता पुगेका नेपाली नागरिकहरुले स्वयम् उपस्थित भई दरखास्त फारममा रु.१० को टिकट टाँसी तोकिएको स्थानमा फारम बुझाउन सकिने छ ।
थप जानकारी
प्रथम पटक सूचना प्रकाशित मितिः २०७४।०४।३१
फारम बुझाउने मितिः २०७४।०५।०४ देखी २०७४।०६।०२ गतेसम्म
फारम दस्तुरः प्रहरी निरिक्षक – ७००, प्रहरी सहायक निरिक्षक – ३०० र प्रहरी जवान – १०० साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारले प्रत्येक समूहको लागि थप २०% शुल्क बुझाउनु पर्ने छ ।
सम्पर्क मिति तथा स्थानः २०७४।०६।२५ विहान ११ बजे, दरखास्त फारम दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरु
अन्य जानकारीको लागि तलको सूचना हेर्नु होला