नेपाल विद्युत प्राधिकरण
प्रशासन सेवा, समूह/उप-समूह, तह 4 सहायक लेखापाल पदको
खुल्ला प्रतियोगितात्मक लिखित परिक्षा -2072
पूर्णाङ्क: 70
समय: 2 घण्टा 30 मिनेट
विषय: सेवा सम्बन्धी (द्वीतिय पत्र)
सबै प्रश्नहरु समान अंकका छन् ।
- घट्दो बाँकी ह्रासकट्टी प्रणाली भनेको के हो ? उदाहरण सहित स्पष्ट पारी यसका विशेषता उल्लेख गर्नुहोस् ।
- पूँजीगत खर्च( Capital expenditure) र आयगत खर्च ( Revenue Expenditure) भन्नाले के कस्ता खर्चहरु बुझिन्छ? यि खर्चहरुको उचित लेखाङ्कन नभएमा पर्ने असर उल्लेख गर्नुहोस् ।
- फाइलिङ्ग र अनुक्रमाणीका(Indexing) अन्तर सम्बन्ध देखाउदै विभन्न प्रकारका अनुक्रमाणीकाहरुको विवेचना गर्नुहोस् ।
- नेपाल विद्युत् प्राधिकरण आर्थिक प्रशासन बिनियमावली,2063 ले पेश्की र पेश्की फर्छ्यौट सम्बन्धमा के कस्तो व्यवस्था गरेको छ ? स्पष्ट पार्नुहोस् ।
- नगदमा आधारित लेखाङ्कन प्रणालीको विवेचना गरी प्रोदभावी (Accrual) लेखाङ्कनसँग यो प्रणालीको फरक देखाउनुहोस् ।
- आन्तरिक लेखापरीक्षणको अवधारणा र यसको उद्देश्यमा प्रकाश पार्नुहोस् ।
- सन्तुलन परिक्षणको अर्थ र तयार पार्ने विधिहरु उल्लेख गरी यसको महत्व लेख्नुहोस् ।
- नेपाल विद्युत् प्रधिकरणले के कस्तो अवस्थामा बिद्युत् आपूर्ति बन्द गर्न सक्ने व्यवस्था रहेको छ? चर्चा गर्नुहोस् ।
- नेपाल विद्युत् प्रधिकरण कर्मचारीहरुले सेवामा रहँदा पाउने विदाहरु लेखी घर विदाका सम्बन्धमा चर्चा गर्नुहोस् ।
- कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताले के कस्तो सापटी प्राप्त गर्न सक्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
धन्यवाद