MA को दोस्रो यात्राः मनकामना

0
100
views
मिति २०६५ साल माघ महिनाको १४ गते। बिहान साढे ५ नबज्दै तातो शिरकको न्यानो मायालाइ बिगार्दै मोबाइलमा अलार्म बज्यो । मन नलागि नलागि निक्कै कष्टपछि निद्ना देवबाट छुट्टीएर अलार्म बन्द गरे । अलार्म आफैद्वारा सर्जना गरिएको निद्नाको दुश्मन । त्यो सर्जना आफैलाइ अरुभन्दा चाडै उठाउनका लगि गरिएको थियो मनकामना यात्राको लागि । आज हाम्रो आफ्नै योजना थियो तिन दिने शहिद दिवसको विदाको सदुपयोग गर्ने । त्यसकारण बिहान साढे ५ नबज्दैको झिसमिसेमा नै उठ्न कर लाग्यो । बिहान निद्ना खुलेपछि उही दैनिकी सुरु भयो miss callको । Miss call एउटा नयाँ पाटो भएको छ जीवनमा । सम्झीने एवम् मित्रतालाइ प्रगाढ बनाउने प्रबिधिको दुरुपयोग गरेर ।
उही एक चरणको Miss call पछी आफ्नो नित्यकर्म तर्फ लागियो । चिया नास्ता केही पेट पूजापछि आवश्यक लुगाफाटोको जोरजाम अनि त्यसैलाइ ब्यागमा कोचकाच पारेर आमा बुबासंग बाटो खर्चसहित बिदा भएर हिडियो फेरी अर्को सामुहिक यात्रामा । M.A. 2nd year  मा दोस्रो सामुहिक यात्रामा । पहिलो कार्तिक १ देखी ७ गतेसम्म हेलम्बु पुगेका थियौ १५ जनाको टोली । आज मात्र ८ जनाको सहभागिता छ । सबैको कार्य व्यस्थताका कारण अरु साथीहरु सहभागि हुनपाउनु भएन । कर्रामा अम्बिका शशी म र फरेष्टी अगाडीबाट पद्मा सहभागि भएर हामी बसपार्कतर्फ लम्कियौ । सिमा चोकमा रुपक एवम् सागरसंगको केही बेरको कुराकानी पछी हामी ५ जना बसपार्कतर्फ लाग्यौ जहा आत्मारामको अगमन भैसकेको थियो । M.A. 2nd year  का जम्बो टोली आ-आफ्नो ब्याग बसमा राखेर विहान साढे आठ बजेको बाग्लुङको बसमा यात्रा गर्न निस्कियो बसको अन्तिम सिटमा रहेर । बसको अन्तिम लामो सिट सबै एकै लहरमा गफको लागि कुनै प्रशंगको आवश्यकता थिएन । हरेक मिनेटपछि हाम्रो  गफका प्रशंगहरु परिवर्तन हुन्थे । कहिले बालककालको भैसीको ढाडबाट लडेका कुरा हुन्थे भने एकैछिनमा tom  र jerry  का रमाइला प्रशंगामा पुगिन्थ्यो । गफसँगै गीतको वर्षामा पनि कमी थिएन । यसकारण केही समयमा नै हामी चितवन आइपुग्यौ । जाहाँ हाम्रो जम्बो टोलीको अर्को एक सदस्य अर्जुन श्रेष्ठ पनि थपिए । त्यसपछि त के थियो र गफ र गीतमा । बसमा अन्य कुनै music system को जरुरत नै परेन । हरेक शब्दसँगै गीतकहरुको बर्षा हुन लाग्यो । हरेक गीतको अन्तिम शब्दबाट नयाँ गीतको सुरुवात हुनथाल्यो । त्यसमा पनि रुपकको गीतको शब्द बिगार्ने परम्पराका कारणा क्षण क्षणमा हाँसोको खित्का छुट्थ्यो । एवम् रीतले यात्रा गर्दा केही समयमा नै हामी आबुखैरेनी आइपुग्यौ ।
आबुखैरेनी खानाको लागि रोकीएको स्थान वा भनौ खानापछिको हाम्रो हिडाइको प्रस्थान बिन्दु । जहाँ हाम्रो टोलीका नै अग्रज साथी घनश्याम शर्मा पहिला नै आइसक्नु भएको थियो र आफ्नो अनुभवको समेत प्रयोग गरेर खानाको अर्डर पनि गरिसक्नु भएछ । घनश्याम सर हेलम्बु यात्रापछि हाम्रो ग्रुपको अधिकंश कार्यक्रममा प्रमुख लगानिकर्ताको रुपमा स्थपित हुनुहुन्थ्यो । बर्तमान समयमा रोजगारीको सिलसिलामा काठमाण्डौमा हुनुहुन्छ । तर पनि केही समय मिलाउनु भएछ यो यात्राका लागि र सहभागि हुनु भएछ काठमाण्डौबाट नै । मनकामनाको यात्रा । डाँडा चढ्नु पर्ने । त्यसकारण खाना पनि राम्रै खानु थियो र खाइयो पनि मासु र भात । शान्त थकाली होटलमा । खाना खाने क्रममा पनि हाम्रो हाँसोको निरन्तरता थियो सँगै थपियो होटलमा काम गर्ने महिलाको मसिनो बोली र उनको लवज । साथै आत्मारामको कोटको टाँक उछिट्टीने प्रसंग । जुन त्यसबेला कमेडी सर्कसको साने सकिलको जोकभन्दा कम थिएन । खानापछि हामी लगभग साढे १२ बजेतिर आ-आफ्नो झोला बोकेर अगाडी बढ्यौ ।
हाम्रो ८ जनाको टोली र बिन्दास दिनभरिको समय । हामीलाइ थकाइ मार्न कुनै किसिमको रोकतोक थिएन । जसकारण हरेक मोड र छायाँ परेका ठाउँ हाम्रो थकाइको आश्रय स्थल बनिरहेको थियो । विश्रामसँगै थकाइलार्इ मेटाउने केही खानेकुरा र फोटोसेसन हाम्रो बिश्रामको अभिन्न अंग झै भइरहेको थियो । हुनत मनकामनाको यात्रा मेरो लगि पहिलो थिएन तर पनि पहिलो यात्रा सानो उमेरमा गरेका कारण ति बाटाहरु मेरो मानसपटलमा पट्टकै थिएन । थिए त केबल बुबाले भन्नु भएको दुइचार उत्साहजनक शब्द मात्रै । “उ त्यही त होनि मनकामना बत्ती बलेको“ बुबाले त्यसबेला भन्नु भएको थियो हामी ‌(म, दुइ दिदी, दाइ, भान्दाइ र हजुरआमा)लाइ डाँडा उक्लन हौसला दिदै र हामी रातको समयमा निरन्तरको ठाडो उकालो उक्लदै थियौ । पहिलो यात्रा र अहिलेको यात्रामा निकै समयका  घडीहरु घुमिसकेका थिए । त्यसकारण त्यहा भएको परिवर्तनलार्इ सजिलै आँकलन गर्न सकिन्थ्यो । पहिला केवल कार थिएन । सम्पुर्ण दर्शनार्थी त्यही बाटोको प्रयोग गर्थे । समयको परिवर्तसँगै मानिसमा आएको ब्यस्थताले यो बाटो विरानो हुन थालेछ । मानिसहरु समयको सदुपयोग गर्न केवलकार चढ्न थालेछन् । त्यसकारण बाटोमा खुलेका अधिकंश दोकानहरु बन्द थिए । खुलेकामा पनि दुइचार गोटा सामान मात्रै । ति परिवर्तनहरुलार्इ देख्दा अचानक दिमागमा Nepal in Crisis  किताबका हरेक Chapter याद आयो । साच्चिकै त्याहाँ केबल कारको बिकसले त्यस स्थानलाइ अविकसित बनाउदै लगेछ । सामान ढुवानीको प्रमुख साधन मानिने खच्चड पनि क्रमशः विस्थपित हुदै गएछन् भने मोटर बाटोको विकास पश्चात त्यसमा अझ बृद्धी हुने अनुमान लगाउन सकिन्थ्यो ।  
“हामी लखन थापाको गुफामा पनि जाने होइन ।“ यात्राकै क्रममा रुपकले भनेको थियो । जसको अर्थको अनर्थ लाग्दा पाँच मिनेटसम्म आँखाबाट आँशु र पेटको आन्द्रा दुख्ने गरी हाँसो आयो । बिबिध प्रशंग साथै बाटो बाटोमा मनकामनाको रसिलो सुन्तलाको स्वाद चाख्दै उकालो लाग्न हामीलाइ पाँच घण्टा लाग्यो । माथी मनकामना पुग्दा मन्दिर त् बिभिन्न ठुला घरहरुको विचमा हराइरहेको भान भयो । जेहोस् हाम्रो मित्र अर्जुनको आफन्तहरु त्यही हुनूभएका कारण कोठा खोज्न त्यती गह्णो भएन र उहाँकोमानै खाजा खएर करिब ७ बजेतिर हामी लजतर्फ लाग्यौ । Hotel Manakamana Inn मा । जहाँ दुइ कोठा लिएर हामी बस्यौ । कोठामा गएर केहीबेरको Freshness पश्चात हामी रात्रीकालिन सयर गर्न निक्लियौ । नेपालीका साझा समस्या लोडसेडिङका विचमा हामीले मनकामनाको पुर्ण परिक्रमा गर्यौ साथै बन्द दोकानहरुलाइ पनि चाहार्न बाँकी राखेनौ । रात्रीकालिन walk पश्चात आएर होटलमा खाना खाइयो र सुत्ने तरखरमा लागियो । एउटा खाट तीनजनाको सुताइ निन्द्रा लाग्ने कुरै थिएन । सुत्न गए पनि  दिनभरीको थकाइ भएता पनि आँखामा घनश्याम सरको बाहेक कसैको निन्द्रा थिएन । अर्जुन जी म आत्माराम र रुपक चारैजना सुत्ने असफल कोशिसमा लागिराखेका थियौ । निन्द्रा नलागे पश्चात हामी तीन जनाको विचमा बच्चा बेलादेखिका अनेकन प्रशंग र गफहरु भइरह्ये जसको कारणले गर्दा हामी लगभग १ बजेतिर मात्रै निदायौ ।
निन्द्रामा नै रहेछौ अचानक मोबाइलमा रिङ आयो र भाइब्रेशन हुदाँ हुदै मोबाइल झ्यालबाट भुइमा खस्यो भने हाम्रो निन्द्रा पनि चारकोष पर भाग्यो । उठेर घडीतर्फ नजर लगाउदा पाँच बजेको रहेछ । निन्द्रा भागेपछी रुपक आफ्नो नित्य कर्ममा लाग्यो भने म पालो कुर्नतर्फ । पछि सम्पूर्णले आ आफ्नो नात्यकर्म सकेर बिहान साढे ६ बजेतिर नुहाइ धुवाइ गरेर हामी मन्दिरमा लाइन लाग्न हिड्यौ । बाटोमा आवश्यक फूल प्रसाद लियौ र लाइनमा सम्पुर्ण साथीहरु । एक घण्टाको लाइन बसाइ पश्चात हामी सबै मन्दिरभित्र गएर पूजा आजा गर्यौ र बाहिर आएर उही कर्म सुरु भयो फोटोशेसनको । हुन त हामीले लाइनमा नै पनि यो कर्म गर्न नभ्याएका त होइनौ । हरेकको फोटोशेसन पश्चात हामी पुन कोठामा गएर आफ्नो सम्पूर्ण समानहरु बन्दोबस्त गर्नतर्फ लाग्यौ र केही बेर पश्चात पुन मनकामनाको चिनो संकलन गर्ने हेतुले बजार सयरमा निक्लयौ । सामान किन्नु पर्ने र साथमा महिला साथीहरु चाँडो हुने सम्भावना नै थिएन । फलस्वरुप किरब १ घण्टा लगाएर आफुलाइ मन परेका समानहरु चिनो स्वरुप संकलन गरेर हामी फर्कियौ । कोठामा आ-आफ्नो ब्याग बोकेर हामी गोरखातर्फ निक्लियौ  मनकामना मातालाइ नमस्कार गरेर ।
२०६५-११-०३-०७

 

कृपया साथीहरु लेखको बारेमा comment  गर्नु होला है।
SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.