मिति २०७२ बैशाख ८ गते प्रकाशित गोरखापत्रको बस्तुगत छोटा प्रश्नहरु

0
567
views

१.  विश्व बैङ्कद्वारा सन् २०१६ अप्रिल ११ मा प्रकाशित सार्वजनिक प्रतिवेदन अनुसार सन् २०१७ मा दक्षिण एसियाको आर्थिक बृद्धिदर कति हुने अनुमान छ ?

–  ७.३ प्रतिशत

२. २०७२ को पारिजात सिर्जना सम्मानबाट सम्मानित हुने स्रष्टा को हुने ?

– साहित्यकार तथा साहित्य पत्रकार मोहन दुलाल

३. हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन ?

–  रेडक्रस

४. BIMSTEC(Bay of Bengal Initiative for Multi-Sectoral and economic co–operation) मा हाल कति सदस्य राष्ट्र रहेका छन् ?

–७ (नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड)

५. जर्नल अफ एजुकेसन लिडरसिपको इमरन्ड इएफएमडी २०१५ सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मस्ट कमन्डेयल अवार्ड बाट सम्मानित हुने नेपाली को हुन् ?

– काठमाण्डौं विश्वविद्यालयका उपप्राध्यापक प्रकाशचन्द्र भट्टराई

६. नेपालमा बर्सेनि नयाँ बर्षको पहिलो सप्ताहलाई  बन्यजन्तु सप्ताहका रुपमा कहिलेदेखि मनाउँदै आइएको हो ?

– वि.सं. २०५३ (वि.सं. २०७३ बैशाख पहिलो साता बन्यजन्तुको भविष्य हाम्रो हातमा भन्ने नाराका साथ २१ औं बन्यजन्तु सप्ताह मनाइएको ।)

७. सरकारको कानुनी सल्लाहकार महान्याधिवक्तामा को नियुक्त भएका छन् ?

– हरि फुयाँल

८. सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीसका रुपमा सुशीला कार्कीले कहिलेदेखि कार्यभार सम्हाल्नु भएको हो ?

– वि.सं. २०७३ बैशाख १

९. एसियाको नोबल पुरस्कार भनी चिनीने म्यागासेस पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?

– महेशचन्द्र रेग्मी

१०. महालेखा परिक्षको ५३ औं बार्षिक प्रतिवेदन अनुसार चालु बर्षसम्म असुल फस्र्यौट तथा कारवाही गरी टुङ्गो लगाउनुपर्ने रकम कति रहेको छ ?

– रु. तीन खर्ब २८ अर्ब ५२ करोड

११. नेवारी भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?

–भोटबर्मेली

१२. नेपालमा थकाली भाषा बोल्नेहरुको मूल थलो कहाँ छ ?

– मुस्ताङ्गको थाकखोला

१३. नेपालमा सबैभन्दा धेरै पर्यटक कुन महाद्वीपबाट आउने गरेका छन् ?

– एसिया

१४. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?

– रुस

१५. नेपालमा हालसम्म ३० वटा संस्थान निजीकरण तथा खारेजी भएका छन् भने सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थान कति छन् ?

–  ३७ वटा

१६. प्राचीन ओलम्पिक खेलकुदको सुरुवात कहाँबाट भएको हो ?

– ग्रिसको ओलम्पिया

१७. विद्युतका पिता भनेर कसलाई चिनिन्छ ?

– माइकल फराडे

१८. नेपालमा DTH प्रविधिको सुरुवात कहिलेबाट भएको हो ?

– सन् २०१०

१९. ECG नामक यन्त्र कुन अङ्गको परीक्षणकका लागि प्रयोग गरिन्छ ?

–  मुटु

२०. नेपालमा सबैभन्दा धेरै पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज कुन हो ?

– चितवन राष्ट्रिय निकुञ्ज

२१. संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो ?

– सन् १९४५ अक्टोबर

२२. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रलाई प्राप्त हुने विशेषाधिकारलाई के भनिन्छ ?

– भिटो

२३. हालसम्म नेपालमा कतिवटा सार्क शिखर सम्मेलन कतिवटा शिखर सम्पन्न भएका छन् ?

– ३ वटा (तेस्रो, एघारौ र अठारौ)

२४. सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?

– चिल्का ताल, भारत

२५. प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ कसको अध्यक्षतामा गठित आयोग हो ?

– टंकप्रसाद आचार्य

२६. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले आएको हो ?

– वि.सं. २०१३ भदौ २२

२७. सत्यवादी दार्शनिक सुकरातलाई कुन विष खुवाई मृत्युदण्ड दिइएको थियो ?

–  हेमलक

२८. कौटिल्यलाई अर्को के नामले चिनिन्छ ?

– चाणक्य

२९. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?

– सारनाथ

३०. नेपालको इतिहासमा जिउँदो सिंह भनी कसलाई चिनिन्छ ?

– अपरसिंह थापा

३१. नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ?

– स्वयम्भुनाथ

३२. इस्लाम धर्मका प्रवर्तक को हुन् ?

– पैगमबर मोहम्मद

३३. आधुनिक मनोविज्ञानका प्रवर्तक को हुन ?

–  सिग्मण्ड फ्रायड

३४. प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

–  चन्द्र शमशेर

३५. रुसमा राज्यक्रान्ति कहिले भएको थियो ?

– सन् १९१७

३६. कुन क्रान्तिलाई बौद्धिक क्रान्ति पनि भनेर चिनिन्छ ?

–  फ्रान्सको राज्यक्रान्ति

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.