१. सन् २०१५ मा एएफपीको वर्ष व्यक्ति घोषणा हुन् व्यक्तित्व को हुन् ?
– जर्मन चान्सलर एन्जेला मर्केल
२. लामो समयदेखि एक सन्तान नीति रहँदै आएको चीनमा दुई सन्तान जन्माउन नपाइने व्यवस्था कहिलेदेखि भएको हो ?
– सन् २०१६ जनवरी १
३. भारतमा सम्पन्न नवौ साफ च्याम्पियनसिपको उभाधि जित्ने राष्ट्र कुन हो ?
– भारत (दशौं साफ च्याम्पियनसिप बंगलादेशमा हुने)
४. VOIP को पुरा रुप के हो ?
– Voice over Internet protocol
५. मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा कति धारा रहेका छन् ?
– ३० धारा
६. नेपालको संविधान २०७२ को कुन धारामा संवैधानिक इजलास गठन सम्बन्धी व्यवस्था छ ?
– धारा १३७
७. वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ?
– धारा १३९
८. वि.सं. २०७२ पौषमा चितवनमा सम्पन्न १२ औं हात्ती महोत्सवको हात्ती लम्काई प्रतिस्पर्धाको उपाधि कसले जित्यो ?
– एकताकली ‘बी’
९. ‘उ मरी अरे’ नामक कृतिका रचनाकार सुवा घिसिङ हुन् भने ‘उ मरेकी छैन’ नामक कृतिका रचनाकार को हुन् ?
– बालकृष्ण सम
१०. लिच्छविकालमा कतिवटा अधिकारणको व्यवस्था गरिएको थियो ?
– चार (कुथेर, माप्चोक, लिङ्गवल र शुल्लीवाशोल्ल)
११. विश्वकै सबैभन्दा सानो मुद्रा (जावा) निकाली गिनिजबुकमा नाम रेकर्ड गराउने राजा को हुन् ?
– जयप्रकाश मल्ल
१२. नेपालमा जहानिय राणा शासनको बिजारोपण गर्ने व्यक्ति को हुन् ?
– जङ्गबहादुर राणा
१३. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ ब.कि.मि.) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ?
– महाकाली (६,९८९ ब.कि.मि.)
१४. क्षेत्रफलको आधारमा सबैभनदा ठूलो जिल्ला डोल्पा (७,८८९ ब.कि.मि.) हो भने सबैभन्दा सानो जिल्ला कुन हो ?
– भक्तपुर (११९ ब.कि.मि.)
१५. नेपालका नगरपालिकाहरुलाई कति तहमा विभाजन गरिएको छ ?
– ३ तह (नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका)
१६. गरुडा नगरपालिका रौतहटमा पर्छ भने षडानन्द नगरपालिका कहाँ पर्दछ ?
– भोजपुर
१७. निजी क्षेत्रबाट उत्पादित नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ?
– खिम्ती
१८. कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर निर्धारण गर्ने र त्यस्तो पदार्थमा प्रमाण चिन्हको प्रयोगको व्यवस्था गर्न गठित नेपाल गुणस्तर परिषद्को अध्यक्षको हुने व्यवस्था छ ?
– उद्योग मन्त्री वा उद्योग मन्त्री नियुक्त नभएको अवस्थामा पूर्ण कार्यभारसहितको उद्योग राज्यमन्त्री
१९. ऋतु विचार नामक प्रसिद्ध कृतिका रचनाकार को हुन् ?
– कवि शिरोमणि लेखनाथ पौडेल
२०. दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगिरथ भन्नाले के बुझिन्छ ?
– परिश्रमी
२१. Brain Drain भनेको के हो ?
– गरिब एवं विकासोन्मुख राष्ट्रका वैज्ञानिक डाक्टर, इन्जिनियर एवं विभिन्न आर्थिक लाभ र अनुसन्धानको सुविधाका लागि विकसित देशमा जाने र त्यतै पलायन हुने स्थिति
२२. नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र कुन हो ?
– हेटौडा औद्योगिक क्षेत्र
२३. नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ?
– नेपाल टेलिकम
२४. राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या बृद्धिदर कति रहेको छ ?
– १.३५ प्रतिशत
२५. औद्योगिक क्रान्तिको सुरुवात कुन देशबाट भएको हो ?
– बेलायत
२६. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
– मेकियाबेली
२७. क्षेत्रफलका हिसाबले विश्वकै सानो राष्ट्र कुन हो ?
– भ्याटिकन सिटी (युरोप)
२८. विश्वको सबैभन्दा धेरै वर्णमाला भएको भाषा कुन हो ?
– चिनिया
२९. साहित्यमा सर्वप्रथम नोबल पुरस्कार प्राप्त गर्ने महिलाको हुन् ?
– सेल्मालागरलोफ (स्विडेन)
३०. कुन वैज्ञानिकलाइ Father of Science भनेर चिनिन्छ ?
– अल्बर्ट आइन्स्टाइन
३१. कुन ग्रहलाई रातो ग्रह भनी चिनिन्छ ?
– मङ्गलग्रह
३२. भ्यागुते रोग, लहरे खोकी र धनुष्टङ्कार विरुद्ध दिइने भ्याक्सिन कुन हो ?
– DPT
३३. बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ ?
– नेगुल्ट्रम
३४. पाकिस्तानकी प्रथम महिला प्रधानमन्त्री को हुन् ?
– बेनिजिर भुट्टो
३५. “प्रतिशोध लिनका लागि मानिसहरुले बितेको खराबीतिर ध्यान नदिएर भावी असल कार्यतिर ध्यान दिनुपर्छ ।“ भन्ने विचारक को हुन् ?
– थोमस हब्स
३६. बेलायतबाट प्रकाशन हुने द फाइनान्सियल टाइम को सहप्रकाशन द बैङ्करले यस बर्षको उत्कृष्ट अर्थमन्त्रीको सम्मान कसलाई प्रदान गरेको छ ?
– पूर्व अर्थमन्त्री डा. रामशरण महत
३७. FNCCI को पुरा रुप के हो ?
– Federation of Nepalese Chamber of commerce and Industries.
३८. प्रसिद्ध समाजसेवी तुलसी महराद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
– भीम समशेर
Its a good job. Keep it up.
thanks a lot.
धेरै राम्रो छ ।