२०७२ पुष १५ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तरहरु

0
188
views

१. सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर को घोषित भएका छन् ?

– स्टिभ स्मिथGorkhapatra Short Questions

२. सरकारले २०७२ पुस १० मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्‍यो ?

– सुशील ज्ञवाली

३. खानेपानी तथा सरसफाइ मन्त्रालयको स्थापना कहिले भएको हो ?

वि.सं. २०७२ पुस ९

४. विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्डः २०७२ बाट स्मानित हुने कलाकार को हुन् ?

– गायक प्रेमध्वज प्रधान

५. विद्यालय क्षेत्र सुधार कार्यक्रम (SSRP) को अवधि कुन हो ?

– सन् २००९-२०१५

६. हाल नेपालमा कति सम्पदा विश्व सम्पदा सूचिमा सूचीकृत भएका छन् ?

– १०

७. भुटान सरकारद्वारा प्रदान गरिने उच्च सम्मान ‘नेसनल अर्डर अफ मेरिट गोल्ड’ बाट सम्मानित भएका नेपालीको हुन् ?

– डा. सन्दुक रुइत

८. नेपाल आउने चिनिया नागरिकका लागि प्रवेशाज्ञा (भिसा) शुल्क नलाग्ने व्यवस्थासम्बन्धी निर्णय नेपाल सरकारले कहिले गर्‍यो ?

– वि.सं. २०७२ पुस १०

९. थामी जातिको मुख्य बसोबास स्थल दोलखा हो भने लेप्चा जातिको मुख्य बसोबास स्थल कहाँ हो ?

– इलाम

१०. नेपाली भाषालाई कुन लिपिमा लेखिन्छ ?

– देवनागरी

११. भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?

– तामाङ

१२. ‘अक्षराङ्क शिक्षा‘ नामक कृतिका रचनाकार को हुन् ?

– जय पृथ्वीबहादुर सिंह

१३. थारु सांस्कृतिक सङ्ग्रहालय चितवनमा रहेको छ भने गुरुङ सङ्ग्रहालय कहाँ रहेको छ ?

– पोखरा (कास्की)

१४. निजामती सेवाको पदपूर्ति सम्बन्धमा ‘पिछडिएको क्षेत्र’ भनी कति जिल्लालाई तोकिएको छ ?

– ९ जिल्ला

१५. मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको प्रधान कार्यालय कहाँ रहेको छ ?

– जेनेभा (स्विजरल्यान्ड)

१६. राणाकालीन समयमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो ?

– ३५ जिल्ला (पहाडमा २३ जिल्ला र तराईमा १२ जिल्ला)

१७. नेपालको प्रशासनलाई सुधार गरी आधुनिकीकरण गर्नका लागि बुच कमिसनको गठन कहिले भएको थियो ?

– वि.सं. २००९

१८. सर्वप्रथम निजामती सेवाको विकास कुन राष्ट्रबाट भएको मानिन्छ ?

– चीन

१९. नेपालमा सर्वप्रथम निजामती सेवा ऐन कहिले जारी भएको थियो ?

– वि.सं. २०१३ भाद्र २२

२०. सबैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ?

– बाँस

२१. नेपालमा सबैभन्दा पहिला स्थापना भएको उद्योग कुन हो ?

– विराटनगर जुट मिल

२२. नेपालमा सबैभन्दा बढी पर्यटक कुन महाद्वीपबाट आउने गरेका छन् ?

– एसिया

२३. नेपालको सबैभन्दा लामो राजमार्ग महेन्द्र राजमार्ग अर्थात् पूर्व-पश्चिम राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने दुई पहाडी जिल्ला कुन कुन हुन् ?

– मकवानपुर र अर्घाखाँची

२४. नेपालमा छापाखानाको सुरुवात कहिलेदेखि भएको हो ?

– वि.सं. १९०८

२५. विश्वमा तीव्र आर्थिक बृद्धि गरिरहेका राष्ट्रहरुको समूह BRICS अन्तर्गत पर्ने राष्ट्रहरु कुन कुन हुन् ?

– ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका

२६. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर को हुन् ?

– हिमालयसमशेर जबरा

२७. Great Himalayan Trail के सँग सम्बन्धित छ ?

– पदयात्रा मार्ग

२८. नेपालमा आर्थिक क्षेत्रको सुधारका रुपमा भूमिसम्बन्धी ऐनको तर्जुमा कहिले गरियो ?

– वि.सं. २०२१

२९. सन् १९७६ मा गठित नेपाल सहायता समूहलाई हाल के भनी नामकरण गरिएको छ ?

– नेपाल विकास मञ्च (सन् २००० देखि)

३०. बहुपक्षीय व्यापार सञ्चालन विश्वव्यापार सङ्गठन (WTO) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

– वि.सं. २०६१ बैशाख ११ (२३ अप्रिल २००४)

३१. ओलम्पिक खेलमा नेपाले सर्वप्रथम कहिले सहभागिता जनायो ?

– सन् १९६४ को १८ औं टोकियो ओलम्पिक

३२. जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्वको ध्यानाकर्षण गर्ने उद्धेश्यले सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक कहिले सम्पन्न भयो ?

– वि.सं. २०६६ मङ्सिर १९

३३. कुनकुन जनगणनामा नेपालको जनसङ्ख्या बृद्धिदर ऋणात्मक थियो ?

– दोस्रो र तेस्रो

३४. नेपालको एक मात्र सिकार आरक्ष कुन हो ?

– ढोरपाटन सिकार आरक्ष

३५. इनर्सिया न्युटको चालसम्बन्धी कुन नियमसँग सम्बन्धित छ ?

– पहिलो नियम

३६. ध्वनिको तीब्रता कुन एकाइमा नापिन्छ ?

– डेसिबल

३७. DPT को पुरा रुप के हो ?

– Diphtheria Pertussis Tetanus

३८. नेपालको पहिलो महिला राजदुतको हुन् ?

विन्देश्वरी शाह

३९. हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ?

– अफगानिस्तान

४०. भारतबाट प्रदान गरिने प्रतिष्ठित पुरस्कार ‘डा. अम्बेडकर कलाश्री राष्ट्रिय पुरस्कार-२०१५’ बाट सम्मानित हुने नेपाली को हुन् ?

– कलाकार अरुणा हिङमाङ

४१. यस बर्ष (२०७२) प्रदान गरिने डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वको हुन् ?

– प्रा.डा. तुलसीनारायण बैध्य

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.