२०७२ असोज १३ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोत्तरहरु

0
92
views

१. त्रिभुवन विश्वविद्यालयद्वारा हालै (२०७२ असोजमा) मानार्थ विद्यावारिधि (डिलिट) उपाधि प्रदान गरी सम्मान गरिएका साहित्यक व्यक्तित्व को हुन् ?

– राष्ट्रकवि माधवप्रसाद घिमिरे र दार्जिलिङ निवासी वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई

२. सरकारले लखन थापालाई औपचारिक रुपमा ‘प्रथम सहिद’ कहिले घोषणा गर्‍यो ?

– वि.सं. २०७२ असोज ३

३. सन् २०१५ सेप्टेम्बर २७ मा मनाGorkhapatra Short Questionsइएको ३६ औं विश्व प
र्यटन दिवसको नारा के हो ?

One billion tourists, one billion opportunities. (उक्त नाराका साथ नेपालमा पिन ३६
औं विश्व पर्यटन दिवस-२०७२ मनाइएको ।)

४. तेत्तीस वर्षपछि सुपरमुनसँगै खग्रास चन्द्रग्रहण कहिले भयो ?

– सन् २०१५ सेप्टेम्बर ३७

५. स्वदेशी उद्योग/व्यवसायको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशन कहिले सार्वजनिक गर्‍यो ?

– वि.सं. २०७२ असोज ७

६. राष्ट्रिय प्राथमिकता क्षेत्रहरुमा विदेशी पुँजी, प्रविधि, ज्ञान तथा सीप आकर्षित गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका माध्यमबाट व्यापार सन्तुलन कायम गरी राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक र गतिशिल बनाउने उद्देश्यका साथ सरकारले विदेशी लगानी नीति, २०७१ कहिले सार्वजनिक गर्‍यो ?

– वि.सं. २०७२ असोज ७

७. झण्डै सात दशक लामो प्रतिक्षा एवं आकांक्षा र सात वर्षभन्दा बढीको अनवरत प्रयत्नपछि जन्मिएको नेपालको संविधान -२०७२ संविधान सभाको दुई तिहाइ बहुमतबाट कहिले पारित भएको थियो ?

– वि.सं. २०७२ भाद्र ३०

८. नेपालको संविधानले मौलिक हकहरुको विस्तार गर्दै कतिवटा हकहरुको व्यवस्था गरेको छ ?

३१ वटा (धारा १६- ४६ सम्म)

९. नेपालको संविधान अनुसार नेपालमा कतिवटा संवैधानिक निकायको व्यवस्था गरिएको छ ?

– १३ वटा

१०. नेपालको संविधान अनुसार ‘स्थानीय तह’ अन्तरगत कुन-कुन निकाय पर्दछन् ?

– गाउँपालिका, नगरपालिका र जिल्लासभा

११. नेपालको संविधानको अनुसूची १ मा के सम्बन्धी व्यवस्था गरिएको छ ?

– नेपालको राष्ट्रिय झण्डा

१२. नेपालको संविधानले नेपालमा कति तहको प्रदेशको सङ्घीय संरचना व्यवस्था गरेको छ ?

– ७ प्रदेश

१४. वर्तमान संविधान अनुसार केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न सकिने प्रावधान रहेको छ भने प्रदेश मन्त्रिपरिषद् सम्बन्धमा के प्रावधान रहेको छ ?

– समावेशी सिद्धान्त बमोजिम प्रदेश सभाका कुल सदस्य सङ्ख्याको वीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गरिने

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.