
फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको सबैभन्दा बढी पैसा कमाउने खेलाडीको सूचिमा भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनी, सचिन तेन्दुलकर, फुटबलका काकालाई पनि पछि पर्दै विश्वका धनी खेलाडीको सूचिमा १६ औं स्थानमा परेका छन् । विज्ञापनको आर्जन जोड्दा धोनीले मेसी र रोनाल्डोलाई पनि पछि पारेको पत्रिकाले जनाएको छ । पत्रिकाका अनुसार धोनीले २८ मिलियन डलर आर्जन गरे। धोनीले विज्ञापन तथा पुरस्कारबाट गत वर्ष तीन करोड १५ लाख अमेरिकी डलर आर्जन गरे। यो सँगै धोनीले ३१ दशमलव ५ मिलियन अमेरिकी डलर कमाए भने फुटबलमा जादुमयी गोल गर्ने मेसी र रोनाल्डोले गत वर्ष विज्ञापनबाट २१ मिलियन डलर आर्जन गरेका थिए । बढी पैसा कमाउने १०० खेलाडीको सूचिमा २ जना महेन्द्रसिंह धोनी र सचिन तेन्दुलरकर मात्र क्रिकेटर परेका छन् । फोर्ब्सका अनुसार ३१ वर्षे धोनी धनी खेलाडीको सूचिमा १५ खुड्किलो माथि उक्लेका हुन्। २०१२ मा उनी ३१ औं स्थानमा थिए ।
गल्फ खेलाडी टाइगर उड्स पहिलो स्थानमा छन्। उनले ७८ दशमलव १ मिलियन डलर कमाएको फोर्ब्सले लेखेको छ। ३७ वर्षे उडले गत वर्ष ७ करोड ८१ लाख अमेरिकी डलर कमाएका थिए।