संविधान के हो ?

0
654
views

संविधान सभा भवन

संविधान के हो ?

  • देशको सम्पुर्ण शासन प्रणाली संचालन गर्नलाई जम्मा गरिएको नियमहरुको संगालो नै संविधान हो ।
  • जसले सरकारको स्थापना एवम् संचालन र सरकारलाई नै शासित गर्दछ ।
  • सरकारको शक्ति¸जनताको अधिकार¸शासक र शासित बिचको सम्बन्ध समावेश भएको हुन्छ ।
  • सरकारको स्वेच्छाचारिता (Copied from www.ghimiresubodh.blogspot.com) सिमित गर्ने¸जनताको अधिकारको रक्षा र सार्वभौमशक्तिको परिभाषा गर्ने दस्तावेज नै संविधान हो ।
  • राज्य संचालन गरिने मूल कानुन र सिद्धन्तहरुको संग्रह संविधान हो ।
  • राज्यका सम्पुर्ण जनताको अधिकार प्रत्याभूति गर्ने एउटा महत्वपुर्ण लिखतलाई संविधान भनिन्छ ।
  • सरकारको स्वविकेकी अधिकारमाथी सीमा लगाउने र जनताको हक किटान गरिदिने दस्तावेज
  • सरकारलाई शक्ति प्रदान गर्ने र शक्तिमाथि नियन्त्रण लगाउन सक्ने कानुनी अस्त्र हो ।
  • देशको मूल कानुन हो ।
  • देशको शासन संचालन गर्ने मार्ग दर्शक सिद्धन्तहूको संग्रह
  • जनता र सरकार विचको सम्बन्ध व्यवस्थित गर्दछ ।
  • शासकलाई शक्ति प्रदान गर्दछ भने दुरुपयोगलाई रोक्दछ ।
  • यो एक राजनैतिक सहमतिको कानुनी दस्तावेज हो ।

संविधानलाई मूल कानुन मान्नुका कारणहरु के के हुन् ?

  • निर्माण प्रक्रियाको दृष्टिकोणबाट – संविधान जनता आफैले निर्माण गर्दछन् ।
  • संविधानको व्याख्या – संविधानको सम्बन्धमा कुनै दुविधा भएमा सर्वोच्च अदालतले मात्र ब्याख्या गर्ने गर्दछ ।
  • संशोधन प्रक्रिया – निश्चित विषयबस्तु असंशोधनीय हुन्छ ।
  • विषयबस्तुको दृष्टिकोण – संविधानका विषयबस्तुहरु राजनैतिक सिद्धान्तको आधारमा तय भएको हुन्छ ।
  • कानुनको वर्गिकरण अनुसार – संविधान सार्वजनिक कानूनको रुपमा लागू हुन्छ
  • संबैधानिक सर्वोच्चता – स‌ंविधानभन्दा माथी कोही पनि रहदै ।
  • सरकारलाई अधिकार प्रदान गर्ने¸नियन्त्रण गर्ने र उत्तरदायी बनाउने दस्तावेज

नयाँ संविधान निर्माण गर्नु पर्ने कारणहरु 

  • राज्य क्रान्तीको सफलता
  • नयाँ राज्यको उदय
  • उपनिवेशबाट स्वतन्त्र भएमा
  • राज्यलाई बृहत रुपको लोकतान्त्रीकरणको दिशातर्फ लान
  • राज्य व्यवस्थामा रहेको गतिरोध अन्त्य गर्न ।

संविधान निर्माणका विधिहरु

  • संबैधानिक सम्मेलनको आयोजना गरेर ( अमेरिकामा सन् 1789 मा जारी पहिलो लिखित संविधान )
  • संबैधानिक आयोग तथा संविधानविद्हरुद्धारा (नेपालको वि.सं. 2015¸2019¸2047 को संविधान)
  • शासकद्धारा (Copied from www.ghimiresubodh.blogspot.com) एकलौटी रुपमा जारी (नेपालको 2004 र 2007 को संविधान)
  • जनमत संग्रह (स्वीजरल्याण्डमा जारी गरिएको संविधान )
  • अरुले लेखेको संविधान (जापनले स्वीकार गरेको संविधान)
  • संविधान सभाबाट

संविधानको बर्गिकरण

  • ऐतिहासिक आधारमा
    • निर्मित संविधान
    • विकसित संविधान
  • रुपका आधारमा
    • लिखित संविधान
    • अलिखित संविधान
  • परिवर्तनका आधारमा
    • कठोर संविधान
    • नरम संविधान
  • शक्ति विभाजनका आधारमा
    • एकात्मक संविधान
    • संघात्मक संविधान

संबैधानिक कानुन भनेको के हो ?

                संविधानले परिकल्पना गरेका (Copied from www.ghimiresubodh.blogspot.com) विभिन्न अंग तथा निकायहरुले गर्ने काम कारवाहीलाई व्यवस्थित गर्न संविधानको अधिनमा रही निर्माण भएका आवश्यक कानुनहरु नै संबैधानिक कानून हो । जस्तै – व्यवस्थापिका संसद कार्य संचालन नियमावली¸ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ निर्वाचन आयोग ऐन ।

 

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.