कृषि विकास बैक लिमिटेड
व्यवसाय सहायक पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षा
परिक्षा केन्द्र : काठमाडौ मिति: २०७२/१२/०६ गते
समय: ३ घण्टा पुणाङ्क: १००
विषय: द्वीतीय पत्र ( सेवा सम्बन्धी)
नोट: प्रश्नको उत्तर दिदा नेपाली वा अंग्रेजी माध्यमबाट दिन सकिनेछ ।
खण्ड “क”
तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । (१०x५=५०)
१. सन्तुलन परिक्षण (Trial Balance) भन्नले के बुझ्नुहुन्छ ? सन्तुलन परिक्षणमा दुबै पक्षको योग समान हुन किन आवश्यक छ ? ३+२
२ नाफा नोक्सान खाता र वासलातमा के फरक हुन्छ ? तर्क सहित लेख्नुहोस् ? ५
३ व्यवस्थापनको नविन अवधारणाको चर्चा गर्नुहोस् । ५
४ सम्पत्ति शुद्धिकरणको परिभाषा दिनुहोस् । ५
५ अर्थतन्त्रमा पूँजी बजार (Capital Market) को आवश्यक्ता र भूमिकाबारे प्रष्ट पार्नुहोस् । २.५ + २.५
६ बित्तिय नीति र मौद्रिक नीतिमा के फरक हुन्छ ? विश्लेषण गर्नुहोस् । ५
७ बैकिङ्ग क्षेत्रको विकास र विस्तारसम्म सूचना प्रविधिको उपयोगले गरेको योगदानका बारेमा विश्लेषण गर्नुहोस् । ५
८ कम्प्यूटर प्रविधिमा Input Device र Output Device भन्नले के बुझ्नुहुन्छ ? उदाहरणसहित चर्चा गर्नुहोस् । २.५ + २.५
९ System Software र Application Software का बीचमा रहेको समानता र असमानताहरु छुट्याउनुहोस् । २.५ + २.५
१० Internet को परिभाषा गर्दै Internet र Intranet मा के फरक छ ? उल्लेख गर्नुहोस् । २.५ + २.५
खण्ड “ख”
तलको प्रश्नहरुको लामो उत्तर दिनुहोस् ( ५x१०=५०)
१ आन्तरिक नियन्त्रण प्रणालिको परिभाषा गर्दै कृषि विकास बैकले अपनाएको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन गर्नुहोस् ? ५+५
२ कृषि विकास बैकले आफ्ना सेवाहरुको बजारीकरण (Marketing) गर्न अवलम्बन गरेका प्रयासहरुको उदाहरणसहित विष्लेषण गर्नुहोस् । १०
३ ग्राहकसँगको सम्बन्धमा समस्या आउने कारणहरु के के हुन सक्दछन् ? तिनीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ सुझाव दिनुहोस् । ५+५
४ नेपालको अर्थतन्त्रका सूचकांकहरु कमजोर रहँदा रहँदै पनि शेयरबजार उकालो लाग्दै जानुका कारणहरुको विश्लेषण गर्नुहोस् । १०
५ मुद्रास्फीति (Inflation) को परिभाषा गर्दै नेपालमा मुद्रास्फीति बढ्नुमा माग भन्दा आपूर्ति पक्ष बढी जिम्मेवार छ भनिन्छ किन ? पुष्ट्याई गर्नुहोस् । ६+४
समाप्त
सफलतको शुभकामना