कृषि विकास बैक लिमिटेड
व्यवसाय सहायक पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षा
परिक्षा केन्द्र : काठमाडौ मिति: २०७२/१२/६ गते
समय: २ घण्टा ३० मिनेट पुणाङ्क: १००
विषय: प्रथम पत्र ( सामान्य ज्ञान, बैक, गणित तथा तथ्याङ्क सम्बन्धी)
नोट: प्रश्नको उत्तर दिदा नेपाली वा अंग्रेजी माध्यमबाट दिन सकिनेछ । समान्य ज्ञानको उत्तर दिदा बेठिक भएमा प्राप्ताङ्कबाट कट्टा गरिने छैन ।
खण्ड “क”
तलका बस्तुगत प्रश्नहरुको उत्तर दिनुहोस् । (१x२०=२०)
१ विश्व औधोगिक क्रान्तिको शुरुवात कुन देशबाट भयो ?
– बेलायत
२. क्षेत्रफलको आधारमा नेपालको सबभन्दा ठुलो जिल्ला कुन हो ?
– डोल्पा
३. १५ -४९ उमेर समूहको जनसंख्यालाई के भनिन्छ ?
– यूवा समूह
४. सार्क गरिबी निवारण दशक कहिले देखि सुरु भएको हो ?
– १९९५
५. SAFTA को पूर्ण रुप लेख्नुहोस् ?
– South Asian Free Trade Area
६. कुन हिमाललाई लेडिज पिक पनि भनिन्छ ?
–
७.२०७२ बैशाखमा गएको भूकम्पबाट कति रुपैया बराबरको क्षति भएको थियो ?
–
८. पहिलो संविधान सभाको निर्वाचन कुन मितिमा भएको थियो ?
– २०६४ चैत्र २८
९.कृषि कास बैकको साधारण चुक्ता पूँजी कति छ ?
–
१०. शनिवार विदा दिने चलन कुन प्रधानमन्त्रीको पालादेखी शुरु भएको हो ?
– भीम शमसेर
११.नेपालको वित्तिय नीतिको तर्जुमा गर्ने निकाय कुन हो ?
– अर्थ मन्त्रालय
१२.सन् २०३० सम्ममा हासिल गर्नुपर्ने दिगो विकासका कतिवटा लक्षहरु छन् ?
– १७
१३. प्रकृतिको कुचिकार भनेर कुन पंक्षिलाई जनाउँछ ?
– गिद्ध
१४. आर्थिक वर्ष २०७१/७२ मा कृषि विकास बैकको संचालन मुनाफा कति थियो ?
–
१५. नेपालमा साना किसान विकास कार्यक्रम कहिले देखी शुरु भयो ?
– वि.सं. २०३२
१६.टिंकर नाका कुन जिल्लामा पर्दछ ?
– दार्चुला
१७. सार्कको प्रतिक चिन्ह बनाउने नेपालीको नाम लेख्नुहोस् ?
– शैलेन्द्र महर्जन
१८. क्षेत्रफलको हिसाबले सबैभन्दा सानो जिल्ला कुन हो ?
– भक्तपुर
१९.विसं २०७४ असार मसान्तसम्ममा बाणिज्य बैकहरुको चुक्ता पूँजी अनिवार्य रुपमा कति रुपैया पुग्नु पर्ने छ ?
– ८ अर्व
२०.बैदेशिक रोजगारका लागि कुन देश नेपालको प्रमुख गन्तव्य बनेको छ ?
– मलेसिया
खण्ड “ख”
तलको प्रश्नहरुको छोटो उत्तर दिनुहोस् ( १२x५=६०)
१. Electronic Money भन्नाले के बुझिन्छ ?
२. कृषि विकास बैकले प्रदान गर्ने सेवाहरु के के हुन् ? उल्लेख गर्नुहोस् ।
३ बैक तथा बित्तिय संस्थाहरुकव वर्गीकरणको औचित्यबारे प्रकाश पार्नुहोस् ।
४ कृषि विकास बैकको खराब कर्जा नियन्त्रण गर्ने उपायहरु बताउनुहोस् ।
५ बैक तथा बित्तिय संस्थाहरुको पूँजीकोष भनेको के हो ? जानकारी गराउनुहोस् ।
६ मुद्रा निर्मलीकरण बारे जानकारी गराउनुहोस् ।
७ बैकहरुको बैकको रुपमा नेपाल राष्ट्र बैकको समालोचनात्मक भूमिका उल्लेख गर्नुहोस् ।
८. व्यापार सन्तुलन (Trade Balance) का बारेमा जानकारी गराउनुहोस् ।
९. रामकृष्णले रु १०००।– एभरेष्ट बैक र नविल बैकमा एकैदिन मुद्दती खातामा जम्मा गरेको रहेछ । दुबै बैकले बार्षिक १२ प्रतिसत व्याजदर दिएछन् । एभरेष्ट बैकले अर्धबार्षिक चक्रिय व्याज दिन्छ भने नविलले वार्षिक चक्रिय व्याज दिन्छ । अब २ वर्षमा कसले कति कति व्याज दिने रहेछ ? गणना गर्नुहोस् ।
१०. एउटा विक्रेताले रु १४५००।– एउटा दराज बिक्री गर्दा १५ प्रतिशत मुनाफा गरेछ भने उक्त दराजको लागत मूल्य कति होला ?
११ एउटा बिद्यालयमा ६०० जना विद्यार्थि रहेछन् । केटा र केटीको अनुपात ३:५ छ भने उक्त विद्यालयमा कति जना केटा र केटी रहेछन् ।
१२. कुनै वर्ष नेपालले एउटा भन्सार नाकाबाट रु ३१५ करोडको सामान निर्यात गरेछ र रु ९४९ करोडको सामान आयात गरेछ भने आयात निर्यातको अनुपात कति हुन आउछ ?
खण्ड “ग”
तलको प्रश्नहरुको लामो उत्तर दिनुहोस् ( २x१०=२०)
१. कृषि विकास बैकको संगठनात्मक संरचना (Organizational Structure) उल्लेख गर्दै यसले नेपालको कृषि विकासमा पुर्याएको योगदानबारे चर्चा गर्नुहोस ।
२. कृषि विकास बैक तरहरा शाखाले ५० जना किसानसँग अनुल गर्नुपर्ने ऋण रकम तलको तालिकामा देखाइएको छ । यसका आधारमा किसानहरुसँग बैकले असुल गर्नुपर्ने औषत (Mean) रकम पत्ता लगाउनुहोस् ।
ऋण रकम हजारमा | २० | ३० | ५० | ७० | ८० | ९५ |
किसान संख्या | ४ | ७ | १८ | १० | ६ | ५ |
समाप्त
सफलतको शुभकामना