हाम्रो बारेमा

साथीहरु नमस्कार । My Photo

सर्वप्रथम त मेरो साइटमा आउनु भएकोमा स्वागत छ । अहिलेको जमाना भनेको सूचना प्रविधिको हो । जो व्यक्ती सूचना/प्रविधिको क्षेत्रमा अभ्यस्त छ, उसले निकै प्रगित पनि गरेको छ । सूचना/प्रविधिको क्षेत्रबाट टाढा हुनु भनेको अहिलेको जमानामा जंगलमा गएर बस्नु समान हुन्छ । त्यसैले नयाँ कुरा सिक्नको लागि प्रविधिलाई आधार बनाउने हो भने पक्कै पनि यो समयमा निकै प्रगित गर्न सकिन्छ ।

यसै कुरालाई ध्यानमा राख्दै प्रविधिको प्रयोग गरेर शिक्षा किन आर्जन नगर्ने ?, दिनमा घण्टौ फेसबुकमा बित्ने हाम्रो समयलाई ज्ञान आर्जनको लागि किन प्रयोग नगर्ने ? भन्ने कुरालाई दृष्टिगत गरी मैले यो साइट संचालनमा ल्याएको छु । यस साइटमा तपाईहरुले सामान्य ज्ञान सम्बन्धी विभिन्न जानकारीहरुलाई भिन्दा भिन्दै शिर्षक अन्तर्गत पाउन सक्नु हुनेछ । प्रस्तुत साइटले नेपाल सरकारको रा.प. तृतीय शाखा अधिकृत वा सो सरह, रा.प. अनं. प्रथम तथा द्धितीय नायब सुब्बा, खरिदारको तयारी गरिरहनु भएका साथीहरुलाई आफ्नो ज्ञानको भण्डारलाई थप परिस्कृत एवम् बृद्धि गर्न सहयोग गर्ने छ । साथै सामान्य ज्ञानमा रुची राख्ने अन्य सबैलाई पनि निकै सहयोग पुग्ने छ भन्ने विश्वास लिएको छु । साथै  हरेक शिर्षक अन्तर्गत नमूना प्रश्नपत्रहरु पनि समावेश गरिएकोले सरकारी एवम् अन्य क्षेत्रको जागिरका लागि तयारी गरिरहनु भएका साथीहरुलाई थप मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु र नोकरीको खोजीमा विभिन्न कार्यालयहरुको ढोका ढकढकाउनु पर्ने छैन ।मैले यस साइटमा जानकारीमा आए सम्मका सम्पुर्ण रोजगारी सम्बन्धी विज्ञापनहरुलाई समेत समावेश गर्ने जमर्को गरेको छु । अन्त्यमा साइटलाई निरन्तर रुपमा अपडेट पनि गरिरहने प्रतिबद्धता व्यक्त गर्दछु । जसले गर्दा विश्वमा भएका समसामयिक घटनाहरुको जानकारीबाट साथीहरु छुट्नु नहोस् ।

धन्यवाद

सुबोध घिमिरे
web Admin
www.subodhghimire.com.np