नेपलको बारेमा सामान्य जानकारी
- कुल क्षेत्रफल : १, ४ ७, १ ८ १ वर्ग कि. मि. ( ५ ६, ८ ७ २ वर्ग माईल ) ।
- सुगौली सन्धि अघिको क्षेत्रफल २,० ४, ५ १ ६ वर्ग कि. मी . ।
- बिश्वको कुल भूभागको ०. ३ % एशिया को ०. ३ % र दक्षिण एशिया को ३ % भूभाग ओगटेको छ ।
- २६ डिग्री २२ मिनेट – ३० डिग्री २७ मिनेट उत्तरी अक्षांस र ८० डिग्री ०४ मिनेट – ८८ डिग्री १२ मिनेट पुर्बी देशान्तर बीच अबस्थित ।
- औसत पूर्व पश्चिम लम्बाई ८८५ कि. मी . उत्तर दक्षिण चौडाई १९३ कि. मी . चौडाई बढीमा २४१ कि. मी . र घटीमा १४५ कि. मी . ।
- भारतभन्दा २२ गुणा र चीनभन्दा ६५ गुणा सानो छ ।
- नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६डिग्री १५ मिनेट पुर्बी देशान्तर रेखालाई आधार बनाएर २०४२ बैशाख १ गतेबाट लागू गरिएको हो । जुन GMT भन्दा ५:४५ मिनेट चाडो छ ।
- नेपालको भौगोलिक अवास्थाको बारेमा नेपालको अन्तरिम संबिधान,२०६३ को धारा ४ मा नेपाल राज्य शिर्षकमा उल्लेख छ ।
- नेपलबाट सबभन्दा नजिक रहेको देश बंगलादेश हो । जुन नेपालबाट २७ कि. मि. टाढा छ भने भुटान २७ कि. मि. टाढा छ ।
- नेपालबाट सबभन्दा नजिकको सामुन्द्रिक दुरी ११२६ कि. मि. टाढा छ । (बंगलको खाडी, हिन्दमहासागर ) ।
- नेपालको सबभन्दा उत्तरी बिन्दु हुम्लाको च्याङ्ला, दक्षिण बिन्दु झापाको लोदावरी, पुर्बी बिन्दु ताप्लेजुंग र पश्चिमी बिन्दु कन्चनपुरको दोधारा हो ।
Bhutan 32 K.M. Tadha hola sir