औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न समयमाम लिएको आन्तरिक तथा खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । लिखित परीक्षाबाट छनौट हुन सफल हुने उम्मेदवारहरुको द्वितीय चरणको परीक्षा सीप परिक्षण र अन्तरवार्ता संचलन हुने भएकोले सफल उम्मेदवारहरुले आ-आफ्नो प्रवेशपत्र तथा एक प्रति फोटोसहित शैक्षिक योग्यता, तालिम, अनुभव तथा नागरिकताको प्रमाणपत्रको सक्कलै प्रति लिइ तोकिएको मिति, समय तथा स्थानमा उपस्थित हुन सूचना प्रकाशित गरिएको छ ।
प्रकाशित सूचनाको विस्तृत विवरण यस प्रकार रहेको छ ।